शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रचण्ड र नेपाललगायत समूहको छुट्टै भेला

दैनिक नेपाल २०७७ असार १७ गते १९:५१

काठमाडौँ, १७ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधव कुमार नेपाललगायत निकट समूहको भेला भएको छ ।

उनीहरु बिहीबारको स्थायी कमिटी बैठकको रणनीति तय गर्न छलफल जुटेको स्रोतले जनाएको छ ।

प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल,गृहमन्त्री रामबहादुर थापा लगायत भेलामा उपस्थित छन् ।

यही असार १३ गतेदेखि जारी पार्टीको स्थायी कमिटीको बैठकमा सरकारप्रति असन्तुष्टि व्यक्त भएको छ ।

मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डलगायतका शिर्ष नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि राजनीतिमा तरंग उत्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित