शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कर्णाली प्रदेशका जिल्लाहरुमा फैलियो सलह किरा

दैनिक नेपाल २०७७ असार १७ गते १७:४३

काठमाडौँ, १७ असार । सलह किरा कर्णाली प्रदेशका जिल्लाहरुमा फैलन थालेको छ ।

प्रदेशका सल्यान, रुकुम पश्चिम, जाजरकोट र सुर्खेतमा सलह कीरा देखा परेको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विज्ञ हरि पण्डितका अनुसार कर्णाली प्रदेश दाङ हुँदै कर्णाली प्रदेशका विभिन्न जिल्लामा सलह कीराको झुण्ड प्रवेश गरेको हो ।

सलहको सानो झुण्डले सुर्खेतको दशरथपुर क्षेत्रमा केही प्रभाव पार्न थालेको उनले बताए । मन्त्रालयले अहिले सानो झुण्ड प्रवेश गरेको बताएको छ ।

अहिले धानको बीउ रहेको र धान रोप्ने बेला भएकाले त्यसमा समस्या हुन सक्ने जनाइएको छ ।

स्थानीयलाई थाली ठटाउने जस्ता क्रियाकलाप गरी सलह कीराबाट ब्याड बचाउन सुझाइएको उनले जानकारी दिए । प्रदेश सरकारले सलह किरा मार्नेलाई उचित पुरस्कार दिने बारेमा छलफल भइरेको बताएको छ ।

यसअघि नै किरा बटुल्नेले प्रति किलो २० रुपैयाँ दिने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित