बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?

दैनिक नेपाल २०७७ असार १७ गते १७:२९

काठमाडौँ, १७ असार । नेपालमा वुधबार थप ४ सय ८२ जनामा संक्रमित थपिएसँगै संक्रमितको संख्या १४ हजार नाघेको छ ।

सातै प्रदेशका विभिन्न जिल्लामा गरिएको परीक्षणमा थप ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीचमा पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा ३ हजार ८ सय ५६ जना रहेका छन् । त्यस्तै, प्रदेश ५ मा ३ हजार ८ सय ४३ जना रहेका छन् । वुधबार थपिएकासँगै सुदूरपश्चिममा २ हजार ७ सय जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी, कर्णाली प्रदेशमा एक हजार ५ सय ८ कोरोना संक्रमित रहेका छन् भने गण्डकी प्रदेशमा एक हजार ५८ जना संक्रमित पुगेका छन् ।

र प्रदेश एकमा हालसम्म ६ सय २३ जना कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित