बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

वुधबार कहाँ कति थपिए कोरोना संक्रमित ?

दैनिक नेपाल २०७७ असार १७ गते १७:१८

काठमाडौँ, १७ असार । नेपालमा वुधबार थप ४ सय ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या १४ हजार ४६ जना पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै अछाममा १३५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, बाजुराका ४३, महोत्तरी ३६, कैलाली २७, सुर्खेत २२, धनुषा २१, कञ्चनपुर र डोटीका २०/२० जना, बझाङका १८, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११/११ जना र लमजुङका १० जना संक्रमित भएका छन् ।

त्यसैगरी, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्याङ्जा र गुल्मीका ८/८ जना, कास्की, गोरखा, बाग्लुङका ३/३ जना, सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा, दैलेख र कालीकोटका २/२ मा संक्रमण पुष्टि भएको छ ।

ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला, बैतडी र अछामका एकएक जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया
सम्बन्धित