शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

धेरै नेता मृत्यु जितेर आएका छन्, फराकिलो भएर सोचौँ : मन्त्री भट्टराई

दैनिक नेपाल २०७७ असार १७ गते १६:२६

फाइल तस्वीर

काठमाडौँ, १७ असार । सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराईले पार्टीको एकताका लागि आफूहरु मन्त्री छोड्न तयार रहेको बताएका छन् ।

पार्टीको वुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा भट्टराईले उक्त कुरा बताएका हुन् ।

बैठकमा भट्टराईले बैठकमा भने, ‘तपाईंहरूलाई काम गर्न अप्ठेरो भएको हो भने मन्त्री र मुख्यमन्त्री फेर्नुस् । हामी मन्त्री छोड्न तयार छौँ । तपाईंहरू दुई जनाले नै हामी जम्बो नेकपाको पाइलट हौं भन्नुभएको हो । संकटमा जहाज हाँक्न नसक्ने भएपछि त आआफ्नो बाटो लाग्नुस् ।’

भट्टराईले अध्यक्षद्धयलाई भने, ‘बाध्यताले मिलाएको भए त तपाईंहरूका आ(आफ्ना बाध्यता होलान् तर इच्छाले मिलाएको हो भने विवादलाई मिलाएर अघि बढ्नुस्,’

नेता भट्टराईले अध्यक्षहरुलाई पार्टी बचाउन फराकिलो भएर सोच्न भनेका थिए । उनले भने, ’तपाईं पनि गोलघरबाट मृत्युलाई जितेर आउनुभएको हो । प्रचण्डले पनि गोलाबारूद जितेर आउनुभएको हो । धेरै नेता मृत्यु जितेर आएका छन् त्यसैले फराकिलो भएर सोच्नुपर्छ ।’ भट्टराईले प्रधानमन्त्रीलाई भनेका थिए,’पार्टी एकता बलियो हुँदा सबै बलियो हुने हो अन्यथा सबै कमजोर भइन्छ ।’

प्रतिक्रिया
सम्बन्धित