शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

७० लाख बढी सलह नेपाल आइसके, ५० जिल्लामा पुगिसके

दैनिक नेपाल २०७७ असार १७ गते १६:१०

काठमाडौँ, १७ असार । नेपालामा ५ दिनसम्ममा ७० लाख सलह किरा प्रवेश गरेका छन् ।

असार १३ गते शनिबार पहिलोपटक प्रवेश गरेको पाँच पटक गरेर उक्त संख्यामा सलह नेपाल आएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ७० देखि ८० लाख सलह नेपाल आइसकेको बताएको छ । छिटफुट रुपमा ५० भन्दा बढी जिल्लामा सलह पुगेको अधिकारीहरुले जनाएका छन् । तर ठूलै संख्यामा चाँहि २४ जिल्लामा फैलिसकेको जनाइएको छ ।

कृषि अनुसन्धान परिषद (नार्क) का वैज्ञानिकहरुका अनुसार आत्तिहाल्नुपर्ने अवस्था नभएको बताएका छन् । यद्यपि पाल्पालगायतका केही जिल्लाहरुमा बाली सखाप पारेका खबरहरु आइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित