शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

स्रोत नखुलेको ६ लाख नगदसहित दुई पक्राउ

दैनिक नेपाल २०७७ असार १७ गते १५:१५

सांकेतिक तस्वीर

पर्सा, १७ असार । वीरगंज महानगरपालिका २४ रमगढवाबाट स्रोत नखुलेको नेपाली नगद ६ लाख रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी पन्टोका बस्ने ३६ वर्षीय प्रमोद कुमार र

वीरगंज महानगरपालिका २५ सिर्सिया बस्ने २८ वर्षीय सत्तोधन प्रसाद कलवार रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना. ५१ प २८०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित