शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

दैनिक नेपाल २०७७ असार १७ गते १४:३७

काठमाडौँ, १७ असार । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।

दिउँसो १ बजे बोलाइएको बैठक सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो । उनी २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित भएकी थिइन् ।

उनको मुटुसम्बन्धी समस्या थियो । बाग्लुङको तमानखोला ५ मा जन्मेकी छन्त्याल ढोरपाटनमा बस्दै आएकी थिइन् ।

प्रतिनिधिसभाको अर्काे बैठक असार २२ गते १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित