शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

वुधबारको स्थायी समितिमा धारणा राख्नेले पनि आलोचना गर्दै मागे ओलीको राजीनामा

दैनिक नेपाल २०७७ असार १७ गते १४:२२

काठमाडौँ, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको वुधबारको बैठक सकिएको छ ।

बैठकमा ५ जना स्थायी समिति सदस्यले धारणा राखेका थिए । बैठकमा नेताहरु योगेश भट्टराई, मात्रिका यादव, लीलामणि पोखरेल, पेशल खतिवडा र नन्दकुमार प्रसाईंले आ–आफ्नो धारणा राखेका हुन् ।

उनीहरुले सबैले खुलेरै प्रधानमन्त्रीको कार्यशैली तथा अभिव्यक्तिप्रति आलोचना गरेका स्रोतले जनाएको छ ।

पर्यटनमन्त्री समेत रहेका योगश भट्टराईले ओलीको कार्यशैलीको आलोचना गरेका थिए भने अन्य ४ स्थायी समिति सदस्यले ओलीको राजीनामा मागेका थिए ।

नेता भट्टराईले भने पार्टीमा निषेधका नभइ सहकार्यको भावना हुनुपर्ने धारणा राखेका थिए ।

यस्तै लीलामणि पोख्रेल र मात्रिका यादवले ओलीको राजीनामा भन्दा अर्को विकल्प नै भएको धारणा राखे । उनीहरुले पहिलो सर्त नै ओलीको राजीनामा भएकोमा जोड दिएका थिए ।

मंगलबार भएको बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलेरै ओलीको राजीनामा मागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित