बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

किन भयो एक घण्टामै नेकपा स्थायी समिति बैठक स्थगित ?

दैनिक नेपाल २०७७ असार १७ गते १३:१३

काठमाडौँ, १७ असार । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक केहीसमय बसेर स्थगित भएको छ ।

वुधबार करिब एक घण्टा बैठक बसेर स्थगित भएको हो । संघीय संसदमा काँग्रेस सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रमण तय भएको र त्यहाँ नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक रोकिएको हो ।

नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको वुधबार विहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको थियो । केहीबेर बसेका स्थायी समितिको बैठकमा ५ जना नेताहरुले धारणा राखेको बताइएको छ ।

आज पनि प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति तथा सरकारको विकल्पका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठक भोलि ११ बजे बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

मंगलबारको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए । त्यसपछि ओली आफू निकट नेताहरुसँग गम्भीर परामर्श गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित