शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

२५ जिल्लाका ८२ प्रहरीमा कोरोना संक्रमण, ४५ निको भए

दैनिक नेपाल २०७७ असार १७ गते १३:०१

काठमाडौँ, १७ असार । नेपालमा विभिन्न २५ जिल्लाका ८२ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये २ महिला र ८० जना पुरुष रहेका छन् । जसमध्ये ४५ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।

प्रहरीमा संक्रमण बढ्दै गएकोले सतर्कताका साथ काम गरिरहेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कपिलवस्तुका ६ जना, गुल्मी, बागलुङ, जाजरकोट, अछाम, भक्तपुर र बाँकेका एक एक जना, प्युठान, धनकुटा, सर्लाही, तनहुँ र दाङका दुई दुई जना रहेका छन् ।

त्यसैगरी, महोत्तरी, जुम्ला, डोल्पाका दुई दुई जना, सुर्खेतका ५ जना, दैलेखका ९ जना कञ्चनपुर र बाजुराका तीन तीन जना र काठमाडौँका ६ जना प्रहरीमा कोरोना देखिएको हो ।

हाल ५० जना क्वारेन्टिनमा रहेका प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित