४ कार्तिक २०८३, बुधबार

नेकपा एमाले नामको नयाँ पार्टी दर्ताका लागि कसले हाल्यो निवेदन ?

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेकपाको स्थायी कमिटीमा छलफल भएको छ ।

आइतबार नेकपा एमाले नाममा पार्टी दर्ता गर्नका लागि झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा निवेदन परेको थियो ।

स्थायी कमिटीमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीका नेता कार्यकर्ताको निवेदन परेको पार्टीमा संलग्नता रहे नरहेकोबारे छलफल भएको बताए ।

स्थायी समितिमा नेकपा एमाले नामको पार्टी कसले किन दर्ता गर्दैछ भने र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रश्न राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले दर्ताका लागि निवेदन दिएको हुन सक्ने बताएका थिए ।