४ कार्तिक २०८३, बुधबार

सुदूरपश्चिममा थपिए ९६ जना कोरोना संक्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । सुदूरपश्चिममा ९६ जना कोरोना संक्रमित थपिएका छन् ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

थपिएका संक्रमितहरु अछामका २९ जना, बाजुराका ४९ जना, डडेल्धुराका एक जना, डोटीका १५ जना, बैतडीका एक जना, कैलालीका एक जना रहेका छन् ।

यससँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ६२ जना पुगेका छन् ।