बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ उपत्यकामा थपिए १४ कोरोना संक्रमित, कहाँ कति ?

दैनिक नेपाल २०७७ असार १६ गते १७:३३

काठमाडौँ, १६ असार । काठमाडौँ उपत्यकामा मंगलबार १४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार ५ महिला र ७ पुरुष गरी काठमाडौँका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, थपिएका संक्रमितहरु ललितपुरका एक जना पुरुष र भक्तपुरका एक जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल र शुक्रराज अस्पताल टेकुसहितत उपत्यकाका अन्य अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना र ललितपुर र भक्तपुरका एक एक जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित