शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

चीनमा भेटियो नयाँ भाइरस, महामारीको रुप लिन सक्ने चिन्ता

दैनिक नेपाल २०७७ असार १६ गते १७:२३

काठमाडौँ, १६ असार । कोरोनाभाइरसले निम्त्याएको महामारीकै बेला चिनियाँ वैज्ञानिकहरूले बंगुरमा नयाँ भाइरस पत्ता लागेको बताएका छन् ।

उनीहरूको एक अध्ययनका अनुसार नयाँ भाइरसको गुण मानिसमा सर्ने किसिमकै रहेका बताइएको छ ।

यो भाइरस सुँगुरमा भेटिएको हो र यो मानिसमा पनि सर्न सक्ने भन्दै अनुसन्धानकर्ताहरु चिन्तित देखिएका छन् । उनीहरुलाई यस नयाँ भाइरसले पनि महामारीको रुप लिन सक्ने बताएका छन् ।

सन् २०११ देखि २०१८ मा चिनियाँ वैज्ञानिकको एक टोलीले चीनका विभिन्न भागमा बंगुरमा पाइएको इन्फ्लुइन्जा भाइरसको अध्ययन गरेका थिए ।

उक्त अध्यननमा एच १ एन १ प्रकारको ’जी४’ स्ट्रेन भेटिएको बताएका छन् । जुन नयाँ भाइरस हो ।

अमेरिकाको नेशनल एकेडेमी अफ साइन्स (पीएनएएस) को जर्नलमा छापिएको लेखमा उक्त नयाँ भाइरसले महामारीको रूप लिन सक्ने चेतावनी दिइएको छ ।

उक्त लेखका अनुसार ’मानव जाति र विषेशगरी बंगुर फर्मका कामदारहरूमाथिको निरीक्षण तुरून्तै कार्यन्वयन गर्नपर्छ ।’ वैज्ञानिकहरूले विषेशगरी मानवजाति, घना बस्ती रहेका चिनियाँ शहर, वधशाला र माछाबजारमा जोखिम बढी रहेको बताएका छन् ।

उनीहरुका अनुसार उक्त भाइरस संक्रमण भएमा मानिसको श्वासनलीमा कोषमा बढ्न र फैलिन सक्छ । यो भाइरस अहिले फैलिनसके पनि अनुसन्धानकर्ताहरुले मानिसमा सङ्क्रमण गर्न आवश्यक पर्ने कुराहरु यसमा भएकाले सतर्क हुनुपर्ने बताएका छन् ।

यो नयाँ भाइरस भने सन् २००९मा महामारीको रूप लिएको एच १ एन १ र बंगुरमा फेला परेको स्ट्रेनको संयोजन हो ।

अहिले महामारीको रूपमा विश्वभरी फैलिरहेको कोरानाभाइरस पनि चीनको वुहानमा पहिलो पटक भेटिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित