शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या साढे १३ हजार नाघ्यो

दैनिक नेपाल २०७७ असार १६ गते १६:३९

काठमाडौँ, १६ असार । नेपालमा थप ३ सय १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार विभिन्न जिल्लामा गरिएको परीक्षणमा थप ३ सय १६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ जना पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा थप ६० जना संक्रमित निको भएका छन् ।

यससँगै हालसम्ममा निको हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाका कारण नेपालमा हालसम्म २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित