शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

पर्सामा स्रोत नखुलेको ९१ हजार भारुसहित एक पक्राउ

दैनिक नेपाल २०७७ असार १६ गते १४:३४

सांकेतिक तस्वीर

काठमाडौँ, १६ असार । पर्सामा स्रोत नखुलेको ९१ हजार भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले पोखरीया नगरपालिका–२ लमरिया निवासी २८ वर्षीय मनोज यादवलाई उल्लेखित नगदसहित पक्राउ गरेको हो ।

यादवलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुडासैनी नेतृत्वको टोलीले उनलाई अलौ भन्सारबाट नियन्त्रणमा लिएको हो ।

ना १५ प ५८३८ नम्बरको मोटरसाइकलमा सवार उनको झोला चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीको टोलीले ९१ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

यादवलाई ड्युटीम रहेक सशस्त्रले आफन्त भेटेर फर्किने भनेपछि केही समय रहन अनुमति दिएको थियो । तर केहिबेरपछि झोला बोकेर फर्किएपछि चेकजाँच गर्दा उनको साथबाट ५ सयको १ सय ८२ थान भारु नोट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

यादवले घरायसी कामका लागि भारतमा रहेको आफन्तबाट ऋण लिएको भनेका छन् । सशस्त्रले भने मोटरसाइकल र नगदसहित यादवलाई आवश्यक कारवाहीका लागि पठाएको छ ।

प्रतिक्रिया
सम्बन्धित