
काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
मंगलबारको बैठकले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे नेकपाको ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।
नेपालको नयाँ नक्शा, सीमाका विषयमा छलफल गरीसकेको स्थायी समितिले एमसीसीका सन्दर्भमा पनि ठोस निर्णय दिने एक सदस्यले बताए ।
‘आजको बैठक एमसीसी सम्झौताका विविध बुँदाका विषयमा केन्द्रित हुन सक्छ । सोहीअनुसार एउटा निर्णय आउन सक्ला’, ति सदस्यले दैनिक नेपालसँग भने,‘अन्य विषयमा पनि छलफल हुनेछ ।’















प्रतिक्रिया