बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

इंग्लिस प्रिमियर लिगमा बर्नली विजयी, क्रिस्टल प्यालेस पराजित

दैनिक नेपाल २०७७ असार १६ गते ७:४०

लण्डन, १६ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नली विजयी भएको छ ।

साेमबार राति भएको खेलमा बर्नलीले क्रिस्टल प्यालेसमाथि १–० को जीत दर्ता गरेको हो । क्रिस्टलको मैदानमा बर्नलीलाई जित दिलाउन बेन मीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६२ औं मिनेटमा मीले गोल गरेका थिए । जितसँगै बर्नले तालिकाको आठौं स्थानमा छ भने पराजित भएको प्यालेस ११ औं स्थानमा छ । प्रिमियर लिगको उपाधि भने यसअघि नै लिभरपुलले जितिसिकेको छ ।

प्रतिक्रिया
सम्बन्धित