बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सिटिजन्स बैंकको ९५ औँ शाखा मोरङ्गको सलकपुर शाखा संचालनमा

दैनिक नेपाल २०७७ असार १५ गते २०:४१

काठमाडौँ, १५ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सलकपुर नयाँ शाखा संचालनमा ल्याएको छ ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी मोरङ्ग जिल्लाको सलकपुर शाखा संचालनमा ल्याएको हो ।

नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच  प्रदान गर्ने उद्देश्यका साथ बैंकले आफ्नो ९५ औँ शाखाविस्तार गरेको हो ।

यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु मझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु ७ लाखका दरले रु ४९ लाख, विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिव रु ६ लाख तथा विभिन्न संघ संस्थालाई रु ६ लाख गरि हालसम्म कुल रु ६१ लाखको सहयोग गरेको छ ।

विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा यस बैंकले सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहकमहानुभावहरुको वित्तीय आवश्यकताहरु चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हर सम्भव प्रयाश गरिरहेको छ ।

नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकले लकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदानगर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवादिँदै आएको छ ।

कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्गलगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।साथै यस बैंकको ए.टि.एमकुनै पनि बैंकको ए.टि.एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित