बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

व्यवसायीलाई अप्ठ्यारो पार्नेबारे सोच्नसमेत सकिँदैन : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ असार १५ गते २०:००

काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँगको सहकार्यमा नै अगाडी बढ्ने बताएका छन् ।

उनले निजी क्षेत्रसँगको सहकार्यमा नै सरकार अघि बढ्ने भएकाले व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत नरहेको स्पष्ट पारेका छन् ।

नेपाल उद्योग परिसंघको १७ औँ वार्षिकोत्सव समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सरकारले आफ्ना गतिविधिहरु निजी क्षेत्रसँग मिलेर नै सञ्चालन गर्ने भएकाले व्यवसायीलाई असजिलो बनाउनेबारे सोच्न पनि नसकिने बताए । उनले भने, ‘देशको विकास र समृद्ध नेपालको प्रयासमा हामी मिलेर नै अगाडी बढ्ने हो । सरकारको नियत हतोत्साही गर्ने असहयोग गर्ने नीति नै छैन । त्यस्तो विषयमा सोच्न समेत सकिँदैन ।’

उनले परिसंघलाई १७ वर्ष पुगेकोमा बधाई तथा शुभकामना पनि दिए ।

प्रतिक्रिया
सम्बन्धित