बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बन्दीपुरका ४ स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ असार १५ गते १८:२५

काठमाडौँ, १५ असार । तनहुँको बन्दीपुर गाउँपालिकामा ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत साता संक्रमण देखिएका ११ जनाको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्दा ५ महिला र ४ जना पुरुषमा संक्रमण देखिएको हो ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये ४ जना बन्दीपुर अस्पतालका स्वास्थ्यकर्मी रहेका छन् । उनीहरु यसअघि संक्रमण पुष्टि भएका २ जना चिकित्सकको सम्पर्कमा थिए । यससँगै बन्दीपुरमा २० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिकबाहेक अस्पतालका सेवाहरु बन्द गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित