शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सरकार लकडाउन कडा पार्ने तयारीमा

दैनिक नेपाल २०७७ असार १५ गते १८:०९

काठमाडौँ, १५ असार । सरकारले लकडाउन कडा बनाउने तयारी गरेको छ ।

लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसलाई कडाइ गर्नेबारे छलफल भएको हो ।

सोमबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले लकडाउनको मोडालिटीबारे सोच्नुपर्ने जनाएको हो । अहिले खोलिएका गतिविधिलाई बन्द गर्ने नभएर व्यवस्थित बनाउनेबारे बैठकमा छलफल भएको स्रोतले जनाएको छ ।

प्रोटोकलअनुसार मानिसहरुले व्यवहार नगरेको जनाइएकोछ । बजार, पसलमा हिँड्दा मास्क नलगाइएको तथा भौतिक दुरीको समेत ख्याल नगरेको भन्दै निगरानी गर्नुपर्नेबारे छलफल भएको बताइएको छ ।

सिसिएमसीले विदेश पढ्न जानेहरुका लागि भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

तर सामाजिक दुरी कायम राखी तथा स्वास्थ्यका आवश्यक व्यवस्था मिलाएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित