बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु

दैनिक नेपाल २०७७ असार १५ गते १७:४०

काठमाडौँ, १५ असार । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा एकै घरका बाबुछोराको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा न. ६ कलौनी शान्तिटोलमा सोमबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो ।

कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशातर्फ गइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना वडा न.१ का ५० वर्षीय टेकबहादुर परियार र ३० वर्षीय सन्तोष परियारको मृत्यु भएको हो ।

मृतक बाबुछोरा रहेका प्रहरीले जनाएको छ ।

सन्तोष कपिलवस्तुमा कार्यरत प्रहरी जवान समेत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित