शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

थप ४ सय ७६ मा देखियो कोरोना, मृत्यु हुनेको संख्या २९ पुग्यो

दैनिक नेपाल २०७७ असार १५ गते १६:४१

काठमाडौँ, १५ असार । नेपालमा थप ४ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा ७ हजार ७ सय ९१ को पीसीआर परीक्षण गर्दा थप ४ सय ७६ जनामा संक्रमण देखिएको जानकारी दिए ।

थपिएका संक्रमितमध्ये ३ सय ६४ पुरूष र १ सय १२ जना महिला रहेका छन् ।

यससँगै कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

त्यस्तै, सोमबार १ सय २१ जनाले कोरोना जितेका छन् ।

त्यस्तै, कोरोनाका कारण थप एक जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृत्यु हुनेको संख्या २९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

सोमबार रौतहटका २९ वर्षीय पुरूषको ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको हो । मृत्युपछि उनको कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया
सम्बन्धित