शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अख्तियार सम्बन्धी विधेयक राष्ट्रिय सभाको कार्यसूचीबाट फेरि हटाइयो

दैनिक नेपाल २०७७ असार १५ गते १४:३८

काठमाडौँ, १५ असार । राष्ट्रिय सभाको कार्यसूचीबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउनेसम्बन्धी विधेयक फेरि हटाइएको छ ।

राष्ट्रिय सभाको कार्यसूचीमा आज अख्तियारसम्बन्धी विधेयक र भ्रष्टाचार निवारण विधेयक पारित गर्ने उल्लेख भएपनि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यसूचीबाट उक्त विषय हटाएका छन् ।

यसअघि पनि असार ९ गते पारित गर्ने कार्यसूचीको विषय कांग्रेसले थप छलफल गर्नुपर्ने भन्ने माग राखेपछि अध्यक्ष तिमिल्सिनाले हटाएका थिए ।

नेकपा सचिवालयले विधेयकले निजी क्षेत्रलाई समेत नियमन गर्न सक्ने कुराको विरोध भएपछि त्यसमा छलफल गर्न प्रधानमन्त्री केपी ओली पनि सहमत भएको जनाइएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनसम्बन्धी विधेयकले अख्तियारलाई निजी क्षेत्रको भ्रष्टाचारको समेत छानबिन र मुद्दा दायर गर्नेसम्मको अधिकार प्रदान गरेको छ ।

संशोधनले सार्वजनिक संस्थाको परिभाषामा बैंक, शैक्षिक संस्था, बीमा, मेडिकल कलेजलाई समेटेको छ ।

त्यस्तै, सरकारले राजपत्रमा सूचना जारी गरी कुनै पनि पब्लिक कम्पनीमाथि अख्तियारले अनुसन्धान गर्न सक्ने बाटो खोलेको छ ।

प्रतिक्रिया
सम्बन्धित