सोमबार, १५ असार २०७७
DainikNepal.com
सोमबार, १५ असार २०७७

जाजरकोटमा पहिरोमा परी १५ महिने शिशु बेपत्ता

दैनिक नेपाल २०७७ असार १५ गते १३:२७

सांकेतिक तस्वीर

काठमाडौँ, १५ असार । जाजरकोटमा घरमाथिबाट आएको पहिरोमा पुरिएर १५ महिने शिशु बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भेरी नगरपालिका ११ महताराका २२ वर्षीय गणेश कामीका १५ महिने छोरा रहेका छन् । पहिरोमा परेर गणेश गम्भीर घाइते भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।

पहिरो झरेपछि भाग्ने क्रममा शिशु बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित