शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

झापाका १५ मध्ये १४ स्थानीय तह बाढीबाट प्रभावित

दैनिक नेपाल २०७७ असार १५ गते १२:५२

भद्रपुर, १५ असार । झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य नौ वटा नदीले दमक नगरपालिकाबाहेकका पालिकामा प्रभावित पार्ने रेडक्रसको तथ्याङ्कले देखाएको छ ।

बाढीबाट ती पालिकाका बासिन्दा समस्यामा परेमा विभिन्न क्षेत्रका स्कूल, सामुदायिक भवन, रेडक्रस, मन्दिरलगायतका भवनलाई आश्रयस्थलको रुपमा समेत तोकिएको रेडक्रसको तथ्याङ्कमा उल्लेखित छ ।

लगातार वर्षा भइरहेकाले पानीको बहाव बढेमा बिरिङ, कनकाई माई, रतुवा, मेची, निन्दा, देवनिया, फुलवासा, हडिया, टाङटिङ, नेते, कमल र बनियानी नदीले बढी क्षति गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका अध्यक्ष लोकराज ढकालले बताए । –रासस

प्रतिक्रिया
सम्बन्धित