४ कार्तिक २०८३, बुधबार

दार्चुलामा पहिरोमा परेर ४ वर्षीय बालकसहित २ को मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १५ असार । दार्चुलामा पहिरोले घर पुरिँदा ४ वर्षीय बालकसहित २ जनाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका ४ होपरीमा पहिरोले घर पुरिएर ४ वर्षीय सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोमा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पहिरा आइतबार राति जलविद्युतको नहर भत्किँदा गएको थियो । पहिरोले अन्य तीन घरमा पनि क्षति पु¥याएको प्रहरीले जनाएको छ ।