शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

वडा कार्यालयमा एक किलाे सलह बुझाए २५ रूपियाँ पाइने

दैनिक नेपाल २०७७ असार १५ गते ९:०८

काठमाठाैं, १५ असार । शनिबार तराईका बारा, पर्सा, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा देखिएको सलह आज काठमाडाैं उपत्यकाको ललितपुरसहित अरु जिल्लामा पनि देखिएको छ ।

साेमबार दाङ, चितवन, कास्की, खोटाङ, लमजुङ, गुल्मीसहित विभिन्न जिल्लामा सलह भेटिएको छ ।

चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह भेटिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सिनाका अनुसार सलह किराका सानो झुण्डलाई स्थानीयवासीले गुलेली हानेर वनतर्फ धपाएका छन् ।

सलहले बाली नष्ट गर्न सक्ने भएकाले मकै बाली तत्काल थन्क्याउन, चैते धान काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन र तरकारीका बेर्ना जोगाउन किसानलाई आग्रह गरिएको र आवश्यक सहयोग गर्न  भनिएकाे छ ।

सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ । धान दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले नगद प्रोत्साहन दिने निर्णय भएको जानकारी दिएको हो ।

सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा सङ्कलन गरेर वडा कार्यालयमा बुझाउनेलाई एक किलोको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताए ।

प्रतिक्रिया
सम्बन्धित