बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पाटेबाघको आक्रमणबाट वनमा २ जना घाइते

दैनिक नेपाल २०७७ असार १५ गते ७:२२

बर्दिया, १५ असार । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणमा पर्दा बर्दिया राजापुरको वन क्षेत्रमा २ जना घाइते भएका छन् ।

राजापुर नगरपालिका १० लालपुर र मझेरा गाउँका २ जनालाई पाटे बाघले आक्रमण गरेको हो । पाटेबाघको आक्रमणमा परि राजापुर नगरपालिका –१० लालपुर गाउँका मोहन थारु र मझेराका दयाराम थारु घाइते भएका छन् ।

गाउँ नजिकै भैँसी चराउँदै गर्दा लालपुरका मोहन थारुलाई आइतबार बिहान र बाघ रहेको क्षेत्रमा बाघ भगाउन पुगेको टोलीसँगै पुगेका मझेराका दयाराम थारुलाई दिउँसो बाघले आक्रमण गरेको हो ।

पाटेबाघ ओहोरदोहोर गर्ने मुख्य मार्ग कोरीडोर क्षेत्रमा निकुञ्जबाट बाहिर निस्कीएको पाटेबाघ मझेरी टापु नजिक सामुदायिक वनमा लुकेर बसेको डिभिजन बन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लले बताए ।

आक्रमण गर्ने बाघ सामुदायिक वनमा लुकेर बसेको भन्ने खबरपछि बर्दिया निकुञ्जको हात्ती सहितको बाघ भगाउने टोलीले बाघ भगाएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित