शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

चीनले बनायाे कोभिड-१९ विरुद्ध अर्काे नयाँ खोप, पहिलाे परीक्षण सफल

दैनिक नेपाल २०७७ असार १५ गते ७:००

चीन, १५ असार । चीनले कोरोना भाइरस (कोभिड -१९ ) विरुद्ध नयाँ खोपको विकास गरेको दाबी गरेको छ ।

यो खोप मानिसमा पहिलो परीक्षण भइसकेको र सुरक्षित देखिएको चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) ले जानकारी दिएको छ ।

खोपले सुरक्षित रूपमा कोरोना भाइरस प्रतिरोधी क्षमता बढाएको पाइएको छ ।

अनुसन्धानकर्ताहरूले यसले कोरोनाविरुद्धको लडाइँमा एउटा आशाको सञ्चार गरेको बताएका छन् । १ हजार १ सय २० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको र उनीहरूमा यसले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ ।

दोस्रो चरणको परीक्षण सफल भएमा तेस्रो चरणमा हजारौं मानिसलाई खोप दिइन्छ । त्यो पनि सफल भएमा खोप प्रमाणित हुन्छ । त्यसपछि आमरूपमा प्रयोगमा ल्याइन्छ।

रोयटर्सका अनुसार यसअघि यही कम्पनीले वुहानको युनिटमा कोरोनाविरुद्ध एउटा खोप बनाइसकेको छ। यो दोस्रो खोप हो ।

प्रतिक्रिया
सम्बन्धित