बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

देउवाविरोधी समूहको गोप्य भेला, गगनसहितका नेता सहभागी

दैनिक नेपाल २०७७ असार १५ गते ६:४४

काठमाडौं, १५ असार । पार्टीको १४औँ महाविधेशनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शशांक कोइराला र कृष्णप्रसाद सिटौला निकटका केन्द्रीय नेताहरूको गोप्य भेला भएको छ ।

काठमाडौंको एउटा रेष्टुरेन्टमा आइतबार साँझ तीन समूहका नेताहरूको गोप्य भेला भएको हो । भेलामा पार्टीको महाविधेशन, कोरोना भाइरसको संक्रमण, भारतीय महिलालाई अंगीकृत नागरिकता दिने लगायतका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा कुराकानी भएको स्रोतले जनाएको छ ।

भेलामा कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, धनराज गुरूङ, गुरूराज घिमिरे, गगन थापा, बद्री पाण्डे, रामकृष्ण यादव, चन्द्र भण्डारी, प्रदीप पौडेल, कमला पन्त, किरण यादब, रत्ना शेरचन लगायतको उपस्थिति रहेको थियो ।

भेलामा सभापति शेरबहादुर देउवा निकटका केन्द्रीय सदस्यहरूलाई बोलाइएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित