मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

दाङमा थपिए ३४ जना कोरोना संक्रमित

दैनिक नेपाल २०७७ असार १४ गते २१:०४

काठमाडौँ, १४ असार । दाङमा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठाना भएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ७ जना महिला रहेका छन् ।

थपिएका संक्रमितहरु बंगलाचुली गाउँपालिकाका १४ जना, राप्ती गाउँपालिकाका ८ जना, तुलसीपुर उपमहानगरपालिकाका ७ जना र घोराही उपमहानगरपालिकाका ५ जना रहेका छन् ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय १० जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित