मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

आईएमएस ग्रुपद्वारा नेपाली इ–कमर्स प्लेटफर्म स्मार्ट डोकोमा लगानी

दैनिक नेपाल २०७७ असार १४ गते २०:३९

काठमाडौँ, १४ असार । आईएमएस ग्रुपद्वारा २०७७ साल असार १५ गते स्मार्ट डोकोको पर्याप्त हिस्सेदारी हासिल गर्न निश्चित सम्झौता गरेको छ ।

स्मार्ट डोको नेपालको एकमध्ये सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म हो । कम्पनीले विगत ४ वर्षदेखि अधिकृत कम्पनीहरूबाट केवल जेनुवन सामानहरू अर्डर गर्न र केही घण्टामै ग्राहकको ढोकामा पु¥याउन सहज सुविधा प्रदान गर्दै नेपाली बजारमा काम गरिरहेको छ ।

यस कम्पनीको सुविधाहरु जस्तै, रिंगरोड भित्र निःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्ट डोको एक्सक्लूसिभ उत्पादनहरू, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी विकल्प, आदि हुन् । जसका कारण स्मार्ट डोको सबैभन्दा मनपर्ने अनलाइन साइटहरूमध्ये एक मनिन्छ ।

आईएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रा भन्छन्, “नयाँयुग डिजिटल हुँदै गइरहेको साथसाथै स्मार्टफोन र अनलाइन क्षेत्रमा तिब्र गतिले विश्वव्यापी ई–कमर्समा ठूलो वृद्धि देखिएको छ ।

त्यसैले आईएमएस ग्रुपले स्मार्ट डोकोमा थप रुपमा लगानी गर्ने निर्णय गरेको छ । सम्पूर्ण विश्व महामारीको चपेटामा परिरहेको बेला ग्राहकहरु आक्रामक रूपमा अनलाइन शपिंगको प्रयोग गरिरहेको अवस्थामा हामीले निकट भविष्यमा ई–कमर्सको व्यवसाय फस्टाउँदै गईरहेका देख्छौँ ।

तसर्थ, कम्पनीले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वल्र्डको साथ जारी राख्न एक क्लिक समाधान प्रदान गर्नका लागि स्मार्ट डोकोमा लगानी गर्ने निर्णय गरेको छ ।”

उनले थपे, “हाम्रो प्राथमिक उद्देश्य, स्मार्ट डोकोको ग्राहक अनुभवमा उल्लेखनीय वृद्धि गर्नु हो । हामी ग्राहकहरूको सकारात्मक र नकारात्मक प्रतिक्रियाबाट धेरै सचेत छौं ।

हाम्रो प्रमुख प्रयास ग्राहकहरूका जिज्ञासाहरुलाई सम्बोधन गर्नु र निर्देशित गर्नु हो । थप रूपमा हामी दुवै वेवसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गर्दैछौँ ताकि स्मार्टडोको प्रयोगकर्ताहरूलाई सहज र आकर्षक ईन्टरफेसको अनुभव होस् ।

साथसाथै स्मार्ट डोको पुनः ब्रान्डिङ्ग गर्नको लागि हाम्रो शुरुवाती चरणको रूपमा स्मार्ट डोकको नयाँ लोगो प्रस्तुत गर्न चाहन्छौँ । हामीलाई पूर्ण विश्वास छ कि हाम्रा रहीरहेका र नयाँ ग्राहकहरूलाई सन्तुष्टि प्रादन गर्न सक्नेछौँ ।”

आइएमएस ग्रुपको बारेमा

आईएमएस ग्रुप एक स्थानीय समूह हो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो ।

सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २८ वर्षमा विशाल उन्नती गरेको छ, जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।

कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टरब्राउन, क्रेन, हिमालय, बिबि लभ, ड्रिमबेबिएनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकि, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित