मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

सलह बेचेर २ बालबालिकाले कमाए १७० रुपैयाँ

दैनिक नेपाल २०७७ असार १४ गते २०:०९

काठमाडौँ, १४ असार । सलह किरा बेचेर २ जना बालबालिकाले १७० रुपैयाँ कमाएका छन् ।

शनिबार सलह किरा नेपाल प्रवेश गरेपछि प्रदेश ५ सरकारले सलह मारेर ल्याए प्रतिकिलो २० रुपैयाँले दिइने बताएको थियो ।

बुटवल वडा नं. ४ को कार्यालयमा लक्ष्मीनगरका अच्युत न्यौपाने र सविना थारुले सलह लिएर आए ।

न्यौपानेले ५ किलो सलह बटुलेको र थारुले ३ किलो बटुलेको वडा कार्यालयले जनाएको छ । उनीहरुले पानी परेर सलह किरा रुखमा थुप्रो भएर झरेको किरा बढारेर बटुलेर उनीहरुले ल्याएका हुन् ।

वडाको सिफारिस अनुसार उपमहानगरपालिकाले उनीहरुले लगेको सलह किनिदिएको हो । जसअनुसार न्यौपानेलाई १०० रुपैयाँ र थारुलाई ७० रुपैयाँ दिइएको छ ।

त्यसरी किनिएको सलह कुखुरापालक किसानलाई दिइएको छ । सलहको मासु खानेले प्रतिकिलो एक सय रुपैयाँमा समेत मागिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित