४ कार्तिक २०८३, बुधबार

नेता भट्टराईको प्रश्न : प्रधानमन्त्री ओलीलाई हटाउने समय कहिले हो ?

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन चलखेल भइरहेको भन्ने अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रश्न गरेका छन् ।

बाबुराम भट्टराईले ट्वीटरमार्फत् ’हटाउने समय कहिले हो ?’ भन्ने प्रश्न गरेका छन् ।

ट्विटमा भट्टराईले लेखेका छन्, ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन तर अहिले हटाए नक्सा छापेको करणले हुने भोलि सलहले दुख दिएको बेला हुने ? पछि बाढीपहिरो आएको बेला हुने ? अलिपछि दसैं तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ? उचित बेला चाहिँ कैले रच हँ ?’

आइतबार प्रधानमन्त्री ओलीले आफूलाई अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा पारित गरेकाले हटाउने प्रयास भइरहेको बताएका थिए ।