शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

थप १ सय ७९ जना संक्रमित कोरोनामुक्त, निको हुनेको संख्या ३ हजार नाघ्यो

दैनिक नेपाल २०७७ असार १४ गते १६:५३

काठमाडौँ, १४ असार । पछिल्लो २४ घण्टामा थप १ सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यससँगै निको हुनेको संख्या ३ हजार १३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यस्तै, गत २४ घण्टामा थप ४ सय ६३ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको छ ।

त्यस्तै, हालसम्म कोरोनाका कारण २८ जनाको ज्यान गएको छ । देशभर आइसोलेसनमा ९ जहार सय ३१ ज्ना रहेका छन् । त्यसैगरी, ६१ हजार ७ सय ३१ जना क्वारेन्टिनमा रहेका प्रवक्ता गौतमले जनाए ।

प्रतिक्रिया
सम्बन्धित