शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आइतबार थपिए ४ सय ६३ कोरोना संक्रमित

दैनिक नेपाल २०७७ असार १४ गते १६:३५

काठमाडौँ, १४ असार । नेपालमा थप ४ सय ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना देखिएको जानकारी दिएका हुन् ।

२० वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९ हजार ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । त्यस्तै, हालसम्म ३ हजार १३ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित