आइतबार, १४ असार २०७७
DainikNepal.com
आइतबार, १४ असार २०७७

गण्डकीमा थप ४९ जनाले जिते कोरोना

दैनिक नेपाल २०७७ असार १४ गते १६:२६

काठमाडौँ, १४ असार । गण्डकी प्रदेशबाट थप ४९ जनाले कोरोना जितेका छन् ।

६ जना महिला र ४३ जना पुरुष गरी ४९ जना संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

डिस्चार्ज भएकोमा स्याङ्जाका ३२ जना, म्याग्दीका तीनजना, तनहुँका ६ जना, पर्वतका आठजना गरेर ४९ जना रहेका छन् ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित