शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मनोजको सिर्जनात्मक बर्थडे सेलिव्रेशन

दैनिक नेपाल २०७७ असार १४ गते १६:१६

तनहुँ, १४ असार । आफन्त र साथी भाइबीच मिठा परिकारसहित पश्चिमेली तरिकाले जन्म दिन मनाउने शैली नेपाली माझ परिचित छ ।

सामाजिक संजालमा दैनिक भड्किलो शैलिमा गरिने जन्मोत्सवका तस्वीरहरु पनि सार्वजनिक भइरहन्छन् । आइतबार तनहुँको एक अस्पतालमा भने ढोरफिर्दिका मनोज बानियाँले फरक शैलिमा आफ्नो जन्मदिन मनाए ।

बानियाँले आफ्नो २२ औं जन्मोत्सव कोरोना संक्रमितहरुलाई सहयोग गरेर मनाएका हुन । शुक्लागण्डकी नगरपालिका स्थित जिपि कोइराला श्वासप्रश्वास उपचारमा रहेका ३० कोरोना सक्रमितहरुलाई झन्डै एक महिना पुग्ने गरि उनले १२ कार्टुन अण्डा प्रदान गरेका छन् ।

सामाजिकसँगै विद्यार्थी राजनीतिकमा सकृय रहेका बानियाँले जन्मदिनमा हुने गरेको अनावश्यक खर्च विकास र सहयोगमा लगाउदा उचित ठानेर सहयोग गरेको बताए ।

उनले कोरोना संक्रमीतहरुलाई खानासंगै अण्डा उपलब्ध गराउन सके रोगप्रतिरोधात्मक क्षमता वृद्धि भइ चाडो निको हुने विश्वास लिएको बताए ।

सो अवसरमा अस्पतालका प्रमुख एवम कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले जन्मदिनको शुभकामना दिदै युवाहरूनै यस्ता सिर्जनात्मक कार्यमा लागेर समाजको विकासमा टेवा पुर्याउनु पर्ने बताए । उनले आफ्नो अस्पतालमा रहेका संक्रमितहरुका लागि प्रदान गरिएको सामानको सहि सदुपयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपका नेता कमल ढकाल, अस्पताल संचालक समिति सदस्य नारायण सिग्देल, युवा नेता सागर महत विद्यार्थी नेता गोबिन्द महत, मिलन महत लगायत सहभागी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित