शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्युठानमा थपिए २९ जना कोरोना संक्रमित

दैनिक नेपाल २०७७ असार १४ गते १५:५५

काठमाडौँ, १४ असार । प्युठानमा थप २९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनीहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितहरु प्युठान नगरपालिकाका ४ जना, मल्लरानी गाउँपालिकाका ७ जना, माण्डवीका ६ जना, सरुमारानीका ५ जना र स्वर्गद्धारीका ७ जना रहेका छन् ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ९५ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित