मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

अहिले म हटे देशका लागि बोल्ने कोही हुन्न : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ असार १४ गते १४:३९

काठमाडौँ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूलाई हटाउन भारतले प्रयास गरिरहेको बताएका छन् ।

उनले भारतलाई त्यस्तो नसोच्न चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले नेपालका नयाँ नक्सा जारी गर्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न भारतलाई चेतावनी दिएका हुन् ।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भारतीय मिडिया, बौद्धिक बहस र काठमाडौँस्थित दूतावासका क्रियाकलापले आफूलाई हटाउन प्रयास गरिरहेको देखिने बताए ।

चीनसँग पारवहन सम्झौता गर्दा यसअघिको आफ्नो सरकार ढलेको स्मरण गर्दै ओलीले अहिले हाम्रो बहुमत छ । उनले भने, आफ्नो भूमिमा दावी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछ भन्ने कसैले नसोचे हुन्छ ।

उनले भने, ‘कोसिस गर्नेलाई गर्न दिऔँ । कसैले हतार नगरे हुन्छ । यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न । आजका लागि होइन भोलिका लागि आफ्ना लागि होइन देशका लागि ।’

उनले सरकारले नयाँ नक्सा छापेर कुनै गल्ती नगरेको पनि स्पष्ट पारे । उनले भने, अरुको जमिन अतिक्रमण गरेको होइन कुनै गल्ती गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित