४ कार्तिक २०८३, बुधबार

काम नगर्ने कर्मचारीलाई मन्त्री भट्टराईको यस्तो चेतावनी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १४ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काम नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् ।

आइतबार मन्त्रालयमा सिनियर मेनेजमेन्ट टिम (एसएमटी) बैठकमा मन्त्री भट्टराईले कार्य सम्पादन राम्रो नगर्ने कर्मचारीलाई हटाउने बताएका हुन् । उनले आगामी आर्थिक वर्षको सुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर काम सुरु हुने बताए ।

उनले भने, ‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।’

आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै मन्त्री भट्टराइले कर्मचारीले मन्त्रालयका सचिवसँग गरेको कार्यसम्पादनको नतिजा आउने गरी काम गर्नुपर्ने उल्लेख गरे ।

उनले हरेक १ वर्षमा कक्षा चढेजस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लेख गर्दै अब राम्रो अकंका साथ कक्षा उर्त्तीण हुनुको विकल्प नरहेको समेत स्पष्ट पारे ।

त्यस्तै, मन्त्री भट्टराईले चालू वर्षमा सम्पन्न हुन वाँकी काम पनि १५ दिनभित्र गर्न निर्देशन दिए ।