४ कार्तिक २०८३, बुधबार

स्रोत नखुलेको १८ लाखसहित ३ जना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ असार । प्रहरीले महोत्तरीमा स्रोत नखुलेको १८ लाख रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

मनराशिष्वा नगरपालिका–२ भलुई चोक नजिकबाट प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय रोहितकुमार साह, २२ वर्षीय संजयकुमार साह र २७ वर्षीय जय कुमार साह रहेका छन् ।

१८ लाख रुपैयाँमध्ये रोहितको साथबाट ९ लाख रुपैयाँ, संजयको साथबाट ३ लाख ५० हजार रुपैयाँ र जयकुमारको साथबाट ५ लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बर र प्रदेश २–०३–००३ प ४०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।