शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेकपा स्थायी समितिमा उपाध्यक्ष गौतमले उठाएका दुई खास प्रश्नको अर्थ

दैनिक नेपाल २०७७ असार १४ गते ११:३२

काठमाडौं, १४ असार । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले शनिबार स्थायी समिति बैठकमा उठाएका दुई महत्वपूर्ण प्रश्नबारे के निर्णय हुनेछ ? भन्ने बहस सुरु भएको छ ।

उनले नेपाल–भारत सीमा क्षेत्रमा ५ मिटर अग्लो पर्खाल लगाउनुपर्ने बताएका छन् । एक हिसाबले स्थायी समितिका लागि उनको यो प्रस्ताव नै हो । सीमा समस्याको समाधानका निम्ति त्यसो गरिनुपर्ने जनाएका हुन् ।

सीमाका विषयमा युद्ध गर्न नहुने, शान्ति वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताएका उनले राष्ट्रहितका निम्ति पार्टी एकढिक्का हुनुपर्ने जनाए ।

अर्कोचाहिँ महाकाली सन्धिका बेला आफू विपक्षमा उभिँदा भोगेको कारबाहीको सन्दर्भमा थियो । त्यसबेला तत्कालिन एमालेले आफूलगायत १६ जनामाथि गरेको कारबाही अन्यायपूर्ण थियो र गलत भयो भन्ने नेकपाले निर्णय गर्नुपर्छ भन्ने गौतमको तर्क छ ।

स्थायी समितिमा यी दुई प्रश्नको समाधान खोज्ने प्रयास कुन कोणबाट हुनेछ ? एक स्थायी समिति सदस्य भन्छन्,‘हिजोका विषयमा आजको पार्टीले निर्णय गर्नुपर्छ भन्ने छैन । तर सीमाका विषयमा केही निर्णय आउन सक्छ ।’

प्रतिक्रिया
सम्बन्धित