मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

भारत–नेपाल–चीनको सिमानामा पाँच मिटर अग्लो पर्खाल लगाउन बामदेवको प्रस्ताव

दैनिक नेपाल २०७७ असार १४ गते १०:४१

काठमाडौं, १४ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी भएकोमा आधाभन्दा धेरै संघर्ष जितेको बताएका छन् ।

बालुवाटारमा शनिबार बसेको स्थायी समिति बैठकमा धारणा राख्दै गौतमले सिंगो राष्ट्रलाई एकतावद्धगरि अतिक्रमित भूमिसहितको नेपालको नयाँ नक्सा जारी गरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएका हुन् ।

उनले भारतीय सेना नेपाली भूमिबाट हट्नासाथ नेपालले १०० प्रतिशत विजय हासिल गर्ने बताए ।

उनले महाकाली नदीको एकीकृत विकास सम्बन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजको ह्वीप उल्लंघन गरेको आरोपमा आफूसहितका १६ जना एमालेका शीर्षस्थ नेताहरूलाई पार्टीबाट अन्यायपूर्वक निष्कासन गरिएको स्मरण बैठकमा सुनाएका छन् ।

‘पार्टी विरोधी भनेर हामीलाई लगाइएको आरोपसहित पार्टीबाट निश्कासन गर्ने त्यस बेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस्’, उनले भनेका छन् ।

‘अब ढिला नगरी नेपाल–भारतबीच रहेको खुल्ला सिमाना बन्द गरी प्रवेसाज्ञा प्रणाली लागू गर्नुपर्छ’, नेकपाका उपाध्यक्ष गौतमले भने, ‘प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध हनुपर्छ ।’
‘सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्छ’, उनले भनेका छन् ।

‘हाम्रा दुवै छिमेकी राष्ट्रसंग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौँ कल्पना पनि गर्न सकिन्न’, उनले भने, ‘सबै समस्या शान्तिवार्तावाट नै समाधान गर्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित