शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

गल्याङमा घर पहिरोमा पुरिदा एक जनाको मृत्यु

दैनिक नेपाल २०७७ असार १४ गते ८:५३

पुतलीबजार, १४ असार । स्याङ्जा जिल्लाकाे गल्याङमा अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर गल्याङ नगरपालिका-९ साङ्लियका ४९ वर्षीय यमबहादुर बिकको मृत्यु भएको वडाध्यक्ष हरि खनालले जानकारी दिए ।

आइतबार बिहान ३ बजेतिर घरमाथिबाट आएको पहिरोमा परेर उनकी श्रीमती घाइते भएकी छिन् । उनलाई उपचारका लागि पाल्पा लगिएको छ ।

३ जनाको परिवार रहेको विकको परिवारमा एक जना भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित