शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनल प्रवेश

दैनिक नेपाल २०७७ असार १४ गते ७:२९

लण्डन, १४ असार । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा नर्विच सिटीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो । नर्विचको मैदानमा निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा कप्तान ह्यारी मगायरले गोल गर्दै युनाइटेडलाई २-१ गाेलको जित दिलाए । खेलको ५१ औं मिनेटमा ओडन इघालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

खेलको ७५ औं मिनेटमा तोड कान्टवेलले गोल गर्दै नर्विचलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित