मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

१५ मिनेटमा ओलीले एकै वाक्य बोले– सब बराबर हुनुपर्छ

दैनिक नेपाल २०७७ असार १४ गते ७:१६

काठमाडाैं, १४ असार । प्रधानमन्त्री केपी ओली शनिबार बैठक कक्षमा रहुन्जेल नेताहरूले कुर्सी, सोफा र बसाइको व्यवस्थापनबारेमा नै गलफती गरे ।

शुक्रबार नेताहरूले विरोध गरेपछि प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल बस्ने सोफा हटाएर कुर्सी राखिएको थियो । त्यसपछि नेता लेखराज भट्टले प्रधानमन्त्रीलाई कठिन हुने भएकाले सोफाको व्यवस्था गर्नुपर्ने बताए ।

‘सबैलाई निरपेक्ष समानता कहाँ हुन्छ र, प्रधानमन्त्रीज्यूलाई कुर्सीमा बस्न अप्ठ्यारो भयो,’ नेता भट्टको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म पनि ६० वर्ष भइसकें । यो डाइनिङमा राख्ने कुर्सीले भएन अलि सजिला कुर्सीहरूको व्यवस्था गर्नुपर्‍यो ।’ भट्टको भनाइमा नेता टोपबहादुर रायमाझीले पनि सही थापेका थिए ।

रघुवीर महासेठले स्थायी कमिटी बैठकमा मन्त्री, सचिवालय सदस्यहरू र स्थायी कमिटी सदस्यहरू छिर्ने ढोका छुट्टाछुट्टै भएको भन्दै विरोध जनाएका थिए ।

‘मन्त्री र सचिवालय सदस्यहरू पस्न छुट्टै ढोका छ, हामी स्थायी कमिटी सदस्यहरू आउँदा अर्काे ढोकाबाट स्क्रिनिङ गरेर भित्र पस्नुपर्छ,’ महासेठले भने, ‘कोरोना लागे त सबैलाई लाग्छ होला नि, किन यस्तो विभेद हो ?’ त्यसपछि बल्ल प्रधानमन्त्री ओलीले एक वाक्य बोलेका थिए । उनले महासठेलाई जवाफ दिँदै भने, ‘सब बराबर हुनुपर्छ ।’ कान्तिपुर दैनिकमा विनु सुवेदीले समाचार लेखेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित